Rule 126
पुनरावेदन माथि विचार तथा निर्णय
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीले आफू उपरको विभागीय सजायको आदेश विरुद्ध दिएको पुनरावेदन नियम १२५ बमोजिमको रीत नपुगेको भएमा रित नपुगेको व्यहोरा खुलाई पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो पुनरावेदन दरपीठ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरपीठ भएकोमा त्यस्तो दरपीठ आदेशमा उल्लिखित रित पुर्‍याई पुनरावेदन दर्ता गर्न ल्याएमा त्यस्तो पुनरावेदन दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम दर्ता गरिएको पुनरावेदनमा पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरुको विचार गर्नु पर्नेछ :–
(क)   विभागीय सजायको आदेशमा आधार लिईएका कुराहरुको यथार्थता प्रमाणित भईसकेको छ वा छैन ?
(ख)   प्रमाणित भईसकेका कुराहरु विभागीय सजाय गर्नको निमित्त पर्याप्त छन् वा छैनन् ?
(ग)   गरिएको विभागीय सजाय ठीक वा बढी के छ ?
      (४) उपनियम (३) बमोजिम विचार गरिसकेपछि पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदकलाई दिइएको सजाय सदर वा बदर गर्ने वा त्यस्तो सजायलाई घटाउने गरी अन्तिम आदेश दिन   सक्नेछ ।